पोखरा १४ मा सुकुम्वासी समस्या समाधान एमाले उम्मेदवारको पहिलो प्राथमिकता
पाेखरा | कात्तिक ६, २०७९
पोखरा । कास्की क्षेत्र नं. १ (ख) मा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार वेदबहादुर गुरूङ (श्याम) ले पोखरा १४ मा सुकुम्वासी समस्या समाधान आफुहरुको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । उनले भने –‘यहि वडामा अन्तराष्ट्रिय विमानस्थल छिट्टै नै सुचारु हुदैछ तर सुकुम्वासीहरुका समस्या जहाँका त्यहि हुनाले हामीलाई आत्मग्लानी भएको छ । त्यसैले निर्वाचित भएपछि हाम्रो पहिलो प्राथमिकता सुकुम्वासीहरुको समस्या समाधानमा हुनेछ, त्यसका लागि एमालेलाई जिताउन सूर्य चिन्हमा मत दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’
मंसिर ४ गते हुने निर्वाचन केन्द्रित मतदाता भेटघाट कार्यक्रममा उनले विदेशी पाहुना भित्र्याउने तयारीमा रहेका हामी आफ्ना देशका नागरिकहरु वैदेशिक रोजगारमा गईरहदा हाम्रो नेपाली पहिचान पनि खस्किएको भन्दै आफ्ना प्रदेशका नागरिकलाई स्वरोजगार सिर्जना गर्ने वातावरण तयार पार्ने उल्लेख गरे ।
प्रदेशतर्फ समानुपातिक उम्मेदवार नन्दाकला नेपालीले विश्व समुदायमै आर्थिक स्थिर खस्केको अवस्थामा आफ्ना प्रदेशका युवाहरु प्रदेशभित्रै अर्थाेपार्जनमा लगाउने आफुहरुको प्राथमिकता रहने उनको भनाई छ ।
उनले वडा नम्वर १४ व्यवसायिक र कृषिको लागि पर्याप्त सम्भावना बोकेको वडा भएकाले यसतर्फ लाग्नुपर्नेमा जोड दिईन् ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

